‘व्यवसाय विकास कोष’ स्थापना गरि व्यवसायीको समस्या समाधान गर्नुपर्छ: अरुण गिरी
पाेखरा | कात्तिक २९, २०७९
पोखरा: कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले व्यवसाय विकास कोषको स्थापना गरि कार्यान्वयनमा ल्याउने नीति तत्काल अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
सोमबार पोखराको वडा नम्बर ९ मा पर्ने महेन्द्रपुल, बाँस्तोलाथर, नयाँबजार, न्यूरोड लगाएतका क्षेत्रमा चुनावी घरदैलो गरेका गिरीले पछिल्लो समय राज्यको आर्थिक नीतिकै कारण व्यवसायीहरु झन् मारमा परेको उल्लेख गर्दै तत्काल उनीहरुको समस्याको विषयमा सम्धोबन हुनुपर्ने बताए । विशेषगरि प्रकोप र महामारीमा परेका व्यसायीको उद्दार, विकास र स्टार्टअप व्यवसायलाई सहयोग गर्ने दायित्वबाट राज्य भाग्न नहुने उनले बताए ।
‘राज्यको मुल आयस्रोत भनेकै व्यवसायीहरुले तिर्ने कर हो । यदि व्यवसायीहरुलाई अप्ठेरो परेको बेलामा राज्यले उनीहरुको लगानी सुरक्षा गर्ने नीति नलिने हो भने देशको अर्थतन्त्र नै प्रभावित बन्न सक्छ ।’ गिरीले भने, ‘त्यसैले गण्डकी प्रदेशसभामा म निर्वाचित भएपछि व्यवसाय विकास कोषको अवधारणामा तत्कालै नीतिगत काम शुरु गरिहाल्नेछु । र, यसका लागि अन्य प्रदेशसभा सदस्यहरुलाई पनि मेरो तर्फबाट राजी गराउनेछु।’
बजार क्षेत्रमा भएको घरदैलोको क्रममा गिरी अधिकांश व्यवसायिक प्रतिष्ठानहरुमा पुगेका थिए । सो क्षेत्रका मतदाताहरुले महामारीपछिको अर्थतन्त्र बिग्रदा आफूहरुको व्यवसाय चौपट हुँदै गएको र राज्यस्तरबाट कुनै पनि खालको सुविधा आफूहरुले प्राप्त नगरेको गुनासो गरेका थिए । राज्यकै आर्थिक नीतिको आडमा बैंक तथा वीत्तिय संस्थाहरुले व्यवसायीमाथि विभिन्न वहानामा अप्ठेरो पार्दै गएकोले नीतिगत रुपमा यो विषयमा राज्यले सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताएका थिए ।
गिरीले मतदाताहरुको समस्यालाई नीतिगत रुपमा आफू निर्वाचित भएपछि समाधान गर्नेतर्फ लाग्ने वाचा गरे । साथै उनले शहरी क्षेत्रको समग्र विकासका लागि विशेष रुपमा गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा गिरीले गफ दिने र पैसा खर्च गरेर मत प्रभावित पार्न खोज्ने ठुला दलका उम्मेदवारहरुसँग नझुक्किन मतदाताहरुलाई आग्रह गरे । ‘म मेरो पार्टी राप्रपाको एजेन्डासँग सहमत छु । र, मलाई यो देशको विकासको चिन्ता छ । हरेक हिसाबले मतदाताको समस्यालाई समाधान गर्न म कटिबद्ध भएर लाग्नेछु ।’ गिरीले भने, ‘त्यसका लागि सबै मतदाताहरुले काम गर्न सक्ने र भिजन भएका उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यसका लागि राप्रपालाई मत दिएर जिताउन आवश्यक छ ।’
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

